१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यमा आत्मनिर्भर हुन सकेन कैलाली

अ+ अ-

कैलाली । कृषि उत्पादनमा नेपालकै एक उर्वर जिल्लाको रुपमा चिनिएको कैलाली खाद्यमा आत्मनिर्भर हुन सकेको छैन । जिल्लाको जनसङ्ख्यालाई पुग्ने भन्दा बढी यहाँ उत्पादन हुने गरे पनि हरेक वर्ष अर्बौं रुपैयाको खाद्यान्न भारतबाट आयात भइरहेको छ ।

कैलाली धान, गहुँ उत्पादनका लागि उत्कृष्ट जिल्लाको रुपमा चिनिएको छ । तर, भारतबाट चामल, गहुँ र मकै नै सबैभन्दा बढी आयात भइरहेको छ । आयात परिमाण प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ । कैलालीमा करिब साढे तीन वर्षयता पौने चार अर्ब रुपैया भन्दा बढीको खाद्यान्न भारतबाट आयात भएको छ ।

यद्यपि, कैलालीका लागि भनेर आयात हुने खाद्यान्न सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा समेत जाने गरेको बताइन्छ । आर्थिक वर्ष २०७०÷२०७१ देखि गत मङ्सिरसम्म कैलालीको त्रिनगर भन्सार नाका भएर तीन अर्ब ७७ करोड ७ लाख ३९ हजार रुपैया बराबरको खाद्यान्न आयात भएको देखिन्छ । त्रिनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार सो अवधिमा चामल, गहुँ र मकै गरी अत्यधिक खाद्यान्न आयात भएको छ ।

चामल, गहुँ र मकै बाहेक कुखुराको दानालगायत खाद्यान्नबाट उत्पादित अन्य सामाग्री पनि आयात हुने गरेको छ । चामल, गहुँ र मकैको आयातबाट भन्सार कार्यालयले उक्त अवधिमा ६१ करोड ६७ लाख ८७ हजार रुपैया राजस्व सङ्कलन गरेको छ ।

कैलालीमा जनसङ्ख्या बढ्दै उब्जनी योग्य जग्गाको खण्डिकरण तीव्र हुनु, उत्पादकत्व नबढ्नु लगायतका कारणले बाहिरबाट खाद्यान्न आयात गर्नु परेको कतिपयको भनाइ छ । कैलालीमा खाद्यान्न उत्पादन बढी देखिए पनि त्यसको उचित सदुपयोग हुन नसक्दा भारतबाट खाद्यान्न आयात गर्नु पर्ने बाध्यता रहि आएको कतिपयको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस