Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गजल


प्रशासन विशेष ब्युरो

२ पुस २०७३, शनिबार


गजल

कमजोर बोल्यो भने बलियाले ठाडै चपाउने चलन छ ।
अझैं मन्दिरमा जातियताकै नाममा धपाउने चलन छ ।

कहाँ बसुन्, कसरी पढुन् हाम्रा सन्तान यो जमानामा ।
विभेद नदेखिने शहरहरुमा झन् डेरा नपाउने चलन छ ।

सत्य बोल्दा घोक्र्याइएका छन् धेरै पटक, किन बोल्नु ?
न्याय खोज्दा उल्टै यहाँ जलाउने र तपाउने चलन छ ।

अन्यायका विरुद्ध बोल्नेलाई बिरोधीको तक्मा दिन्छन् ।
जातीवादी भनी बदनामीको चिट्ठा छपाउने चलन छ ।

मानव मर्यादाको लडाइ जारी छ चाहे जे होस् अब त ।
यद्येपी पीडा माथी पीडा थपी थपी खपाउने चलन छ ।

प्रतिक्रिया दिनुहोस