Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तपाइले यी प्रश्नहरुको उत्तर मिलाउनु भयो त ?


प्रशासन विशेष ब्युरो

२२ मंसिर २०७३, बुधबार


प्रतिस्पर्धात्मक जानकारीको कुनो (GK & IQ Corner) मा यहाँहरुलाई स्वागत छ ।
सूचना, जानकारी र मनोरञ्जनका साथसाथै जीवनउपयोगी टिप्सहरु अब प्रशासन डट कम मा । 

 

परीक्षापयोगी प्रश्नहरु

१. कुनै व्यवसायिक किसानसँग अन्य जनावरका अलावा केही परेवा र केही खरायो रहेछन् । यदि खरायो र परेवाको गरी टाउकोको कूल संख्या ४५ र खुट्टाको संख्या १२० भए खरायोको संख्या कति होला ?

२. हालसालै संयुक्त राष्ट्र संघको नवौँ महासचिवमा चयन हुनुभएका व्यक्तित्व को हुनुहुन्छ ?

३. अलेप्पो (Aleppo) भन्ने स्थान कुन देशमा पर्दछ ?

४. रियो ओलम्पिक २०१६ मा सहभागी मध्ये सवभन्दा कान्छी खेलाडी को थिइन् ?

५. “भा दिन्थिन छैन खा” भन्ने गाउँखाने कथाको उत्तर के होला ?

६. महालेखा परीक्षकको ५३ औं प्रतिवेदन (आ व २०७१/७२) अनुसार थप भएको वेरुजु रकम कति रहेको छ ?

७. घोडा कुदाउने पर्व “यार्तुङ” कुन जिल्लामा मनाइन्छ ?

८. हाम्रो दाहिने हातले राम्रोसँग समात्न नसक्ने चिज के होला ?

९. नेपालका २४ वटा पहाडी जिल्ला भएर पूर्व पश्चिम जोड्ने रणनैतिक सडक मध्यपहाडी सडकको मध्यविन्दु कुन स्थानमा पर्दछ ?

१०. अक्सफोर्ड डिक्सनरीले सन् २०१६ को अन्तरार्ष्ट्रिय वर्ष शव्दको रुपमा कुन अंग्रेजी शव्द चयन गरेको
छ ?

यी प्रश्नको सही उत्तर २०७३ पुष १० गतेभित्र [email protected] मा पठाउनुहोला । उत्कृष्ठ (सबै उत्तर मिलाउने सहभागिमध्ये गोलाप्रथाबाट छनौट) हुने सहभागीलाई पुरस्कारस्वरुप जीवनोपयोगी पुस्तक प्रदान गरिनेछ । सही उत्तर र नतिजा पुस  ११ गते प्रकाशित गरिनेछ ।

 

 

प्रस्तोता
नेत्र सुवेदी “प्रयास”

 

Tags :
प्रतिक्रिया दिनुहोस