चन्दननाथ मूर्ति चोरी प्रकरण: « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चन्दननाथ मूर्ति चोरी प्रकरण:


प्रशासन विशेष ब्युरो

१४ मंसिर २०७३, मंगलबार


जुुम्ला । स्थानीय चन्दननाथ मन्दिरबाट चोरी भएका मुर्तिहरुको थप अनुसन्धानका लागि केन्द्र तथा क्षेत्रबाट थप प्रहरी टोली परिचालन गरिएको छ । तर रहस्यमय चोरीमा संलग्न गिरोहका पहुँचमा पुग्न सम्पूर्ण सरकारी संयन्त्र घटनाको तेस्रो दिनसम्म विफल भैरहेको छ । तालिम प्राप्त कुुकुुर भुुन्टीले पनि चोरका तलासीमा आशातित सफलता पाएको छैन । जुम्लावासीको सात्तो लिएको यो मूर्ति चोरीको घट्नालाई लिएर स्थानीयमा बढेको आक्रोश पनि अझै मत्थर हुन सकेको छैन ।

चोरी भएको दुई दिनसम्म पनि मुर्ति फेला पार्न नसकेपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोली आइतबार नै जुम्लातर्फ लागेका छ भने केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले सोमबार जुल्लाका लागि मुभ हुदैछ । आइतबार नै जुम्ला पुर्याइएको तालिमप्राप्त कुकुरबाट समेत खोजी कार्य तिव्र पारिएको छ ।

यही मंसिर १० गते शनिवार राति जुम्लाको सदरमुकाम खलंगास्थित प्रसिद्ध चन्दननाथ मन्दिरबाट दत्तात्रय लगायत दर्जनौ ऐतिहासिक मुर्तिहरु चोरी भएका थिए ।

कर्णालीकै धरोहरका रुपमा रहेको चन्दननाथ मन्दिरबाट कृष्ण, बुद्ध, वालगोपाल लगायत बिभिन्न देवी देवताका १६ वटा मुर्ति, एउटा छतरी, एक थान सिक्रि र दायाँ र बायाँ गरी दुइवटा शंख रहेको डिएसपि गुरुविष्णु काफ्लेले जानकारी दिनुभएको छ ।

अहिलेसम्म अनुसन्धानको दायरामा आएका २० जनासंग सोधपुछको काम भएको र शंकाष्पद रुटमा टोली परिचालित गरी छापा मार्ने कामलाई तिब्र बनाईएको डिएसपि काफ्लेले बताउनु भयो ।

“लाखौं मासिनको आस्था र विश्वाससंग जोडिएको मन्दिरबाट चोरी हुनु अत्यन्तै दुःखद घटना हो” –मध्य पश्चिम क्षेत्रीय प्रहरी प्रमुख माधवप्रसाद नेपाल भन्नुहुन्छ “हामी सिघ्र खोजीमा सबै संभाव्य स्रोत परिचालन गरेर लागिरहेका छौं । ढिलो चाडो तत्काल घटनाको सत्यतथ्य बाहिर आउँछ ।”

स्थानीय बासिन्दाहरुले नारावाजी सहित चोरीएका मुर्तिहरु चाडो भन्दा चाडो खोजी गर्न प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन् । पुजा गर्न आएका भक्तजनले मन्दिरबाट मुर्ति चोरी भएको जानकारी पाएपछि आक्रोसित बनेका थिए ।

विश्व सम्पदा सूचिमा राख्नका लागि समेत पहल भइरहेको उक्त मन्दिरमा एकाएक मुर्ति चोरी भएको खबर बाहिर आए लगत्तै सदरमुकाम लगायत आसपासबाट ठूलो संख्यामा मानिसहरु मन्दिरमा जम्मा भएका थिए । दिनभर जस्तो नाराजुलुस सहित बजार परिक्रमा गरेका थिए । उक्त भिड थाम्न ठूलै संख्यामा प्रहरी परिचालन गर्नु परेको थियो । आक्रोशित भिडलाई थाम्न नसकिएपछि छिमेकी जिल्ला कालिकोटबाट प्रहरी झिकाइएको छ भने अञ्चल तथा गुल्मबाट समेत थप प्रहरी परिचालन गरिएको छ ।

बहुमूल्य दत्तात्रयको मुर्ति
चन्दननाथ मन्दिरमा रहेको सबैभन्दा ठूलो ७ धार्नीभन्दा बढी चाँदीबाट निर्मित दत्तात्रयको मुत्र्ति १७ इन्चउचाईको रहेको छ । ४ हात ३ शिर भएको मुर्तिको शिरमा सुनको मुकुट लगाईएको छ भने पछाडि चाँदीको चक्र रहेको छ । ४ वटा हातमध्ये एक हातमा कमण्डलु, अर्को हातमा अक्षमाला, तेस्रो हातमा चाँदीकै कमलपत्र छ र चौथोमा हातमा दण्ड रहेको छ । उक्त मुर्तिभित्र अर्कै वस्तु राखी बाहिरबाट चाँदीले ढलौट गरेको नभई सिँगो ढलौटे मुर्ति भएको स्थानीय रमानन्द आचार्यले जानकारी दिनुभयो ।

चन्दननाथ मन्दिरमा शिलामाथि रहेको पादुका जुन सबैभन्दा दर्शनीय रहेको छ । पञ्चायत कालमा निश्चित समयमा उपस्थित हुन नसकेमा एउटा मुर्ति बनाउने कुरा उठेपछि मन्दिरमा रहेका स–साना चादिका टुक्राटाक्री जम्मा गर्दा ७ धार्नी भएको र स्थानीय मुत्र्तिकारले दत्तात्रको मुर्ति बनाई दर्शन गर्ने चलन बसाएको स्थानीय रमानन्द आचार्यले जानकारी दिनुभयो । शिवरात्रि, नवरात्रीको समयमा बाहेक अरु समयमा माना चामलले पादुका ढाकिएर राखिएको हुन्छ ।

चन्दननाथ तथा भैरवनाथमा रहेका कतिपय पुराना मुर्तिहरु कहाँ बाट कुन स्रोतबाट प्राप्त भयो भन्नेबारे जानकारी नभएकोले आफै उत्पत्ति भएको मुत्र्ति पनि भन्ने गरिन्छ । भैरवनाथको मुर्ति आफै उत्पत्ति भएको भन्ने भनाई छ ।

दुर्लभ दायाँ शंख
एउटा मुर्तिमा सम्वत् ८२५ लेखेको छ । त्यस्तो मुर्ति छ । त्यो कहाँबाट कसरी प्राप्त भएको कुनै उल्लेख भएको देखिदैन आचार्य भन्नुहुन्छ: चन्दननाथ मन्दिरमा रहेको दाहिने शंक दुर्लभ वस्तुहरु मध्येकै एक मानिन्छ । यो शंख सबै ठाउँ पाउदैन । एक जना हुम्लाका मान्छेले ४२ सालमा कोटी होम लगाउदा उक्त शंख चढाएका हुन् । र, नरहरी नाथले शंक चन्दननाथमा राख्ने भनेर दिएका हुन् ।

शंकास्पद चोरी
शनिबार राति भएको घटनामा ठूलै र चिनेजानेकै गिरोह हुन सक्ने स्थानीयको अनुमान गरेका छन् । अगाडि बजारको लाइन छ । प्रहरीको गस्ती पनि छ । दुई वटा ढोका छन् । पूर्व पट्टि र पश्चिमपट्किो ढोका । भित्रपट्टि डण्डी छ अड्याउने । पश्चिमपट्टिको ढोकाबाट मुर्तिहरु चोरिएका छन् ।

प्रतिक्रिया दिनुहोस