अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा बुढाथोकी चयन
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा लालबहादुर (एलबी) बुढाथोकी चयन भएका छन्। हिजो शनिबार हेटौंडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।...