माथिल्लो कमिटीबाट अनुमोदन गरेपछि मात्र निर्णय कार्यान्वयन गर्न एमालेको निर्देशन
काठमाडौँ । नेकपा एमालेले माथिल्लो कमिटीले अनुमोदन नगरेको निर्णय कार्यान्वयनमा नलैजान मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । अन्तरपार्टी निर्देशिका-१० जारी गरी माथिल्लो कमिटीबाट अनुमोदन गराउनुपर्ने निर्णय अनुमोदन नगरी कार्यान्वयनमा लैजाने...