१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा तथा खेलकुद मन्त्रालय

स्थापना: २००९

पदाधिकारी

तेजु लाल चौधरी

माननीय मन्त्री

डा. हरि प्रसाद लम्साल

सचिव

सुवास चन्द्र शिवाकोटी

सहसचिव (प्रवक्ता)

रमा भट्टराई

युवा परिचालन तथा परामर्श शाखा उपसचिव

सुरेन्द्र कुमार बज्राचार्य

युवा उद्यमशील विकास तथा लगानी प्रबर्द्धन उपसचिव

सुदर्शन मरहठ्ठा

खेल संघसंस्था समन्वय शाखा उपसचिव

दिलिप कुमार प्रधान

कानून तथा फैसला कार्यान्वयन शाखा उपसचिव (कानून)

कविता फुयाल

खेलकुद प्रतियोगिता शाखा उपसचिव

घनश्याम भुसाल

माननीय मन्त्रीज्यूको निजी सचिवालय उपसचिव (निजी सचिव)

ओम कुमारी पोखरेल

आर्थिक प्रशासन शाखा उपसचिव (लेखा)

गणेश गुरुङ

योजना, अनुगमन तथा विकास सहायता शाखा, शाखा अधिकृत

मेघ राज शंकर

युवा उद्यमशिल विकास तथा लगानी प्रवर्द्धन शाखा, शाखा अधिकृत

मान बहादुर कार्की

खेलकुद प्रतियोगिता शाखा, शाखा अधिकृत

लेखनाथ न्यौपाने

उपसचिव (सूचना अधिकारी)

परिचय

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवावर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवम् उच्च आत्मविश्वासका कारण यो वर्गलाई राष्ट्र  निर्माणको प्रमुख स्रोत समेत मानिएको छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या कुल जनसङ्ख्याको ४०.३ प्रतिशत रहेको छ । शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवाशक्ति विकास गरी यो जनसाङ्ख्यिक प्रवृत्तिलाई पुँजीकृत गर्दै राष्ट्र निर्माणमा लगाउन सकिएमा युवाहरूले देशको सामाजिक एवम् आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दछन् । यसै विषयलाई मध्यनजर गरी नेपाल सरकारले राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ जारी गरेको छ । साथै युवाको हकहितको र संरक्षण र सम्वर्धन गर्ने कार्यका लागि राष्ट्रिय युवा परिषद्को गठन गरिएको छ । राष्ट्रिय युवा नीति, २०७२ को प्रभावकारी कार्यान्वयन गर्दै युवाशक्तिले विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरूबाट सिकेका पाठहरूलाईसमेत मनन गर्दै उनीहरूलाई देशको सामाजिक आर्थिक रूपान्तरणमा मूलप्रवाहीकरण गर्नुपर्ने भएको छ ।

स्वस्थ तथा अनुशासित नागरिक र समाजको सृजना गर्न खेलकुदलाई प्रमुख आधारको रूपमा लिइन्छ । राष्ट्रको प्रतिष्ठा वृद्धि गर्ने र विभिन्न सम्प्रदाय, भाषा तथा संस्कृति एवम् समुदायबीच एकता कायम गरी राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन खेलकुदको योगदान महत्वपूर्ण रहेको हुन्छ । नेपालको खेलकुद क्षेत्रलाई विश्वव्यापी मूल्य र मान्यताअनुसार विकास गर्न साङ्गठनिक ढाँचामा समयसापेक्ष सुधार गर्ने तथा सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रबीच समन्वय, सहकार्य एवम् साझेदारीको वातावरण सिर्जना गरी खेलकुदको विकास र विस्तार गर्दै यसलाई जनजीवनको अभिन्न अङ्ग बनाउने प्रयास गरिएको छ । खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक र नैतिकवान् मानव संशाधनको विकास गरी अनुशासित र मर्यादित समाज निर्माण गर्दै खेलकुदलाई रोजगारमूलक व्यवसायको रूपमा समेत स्थापित गर्न स्थानीय तहदेखि नै कार्यक्रम सञ्चालन गरी ‘सबैको लागि खेलकुद’ भन्ने अभियानलाई साकार पार्न खेलकुदसँग सम्बन्धित पूर्वाधार निर्माण, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनका कार्यक्रमहरू कार्यान्वयन गर्न मन्त्रालय क्रियाशील छ ।

सेवाहरू

युवा तथा खेलकुद मन्त्रालयको कार्य जिम्मेवारी (नेपाल सरकार कार्यविभाजन नियमावली,२०७४)

१ युवा, खेलकुद र स्काउटसम्वन्धी नीति, कानुन, मापदण्ड, र नियमन,

२ राष्ट्रियस्तरका खेलकुद संघसंस्थाको नियमन र समन्वय,

३ राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रियस्तरमा खेलकुद विकास र प्रवर्द्धन,

४ राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,

५ युवा जागरण तथा विकास,

६ राष्ट्रिय खेलकुद परिषद्,

७ युवा तथा साना व्यवसायी स्वरोजगार कोष,

८ मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय,

९ मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन ।