१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेग्मीलाई प्रशासन विषयमा विद्यावारिधिको उपाधि प्रदान

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित अन्तर्राष्ट्रिय अमेरिकन विश्वविद्यालयले व्यवस्थापन प्रशासन विषयको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

सामाजिक क्षेत्रको सुधार र व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरी नेपाली समाजलाई योगदान गरेको उल्लेख गर्दै अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस शहरमा यही मंसिर १० गते सो विश्वविद्यालयले आयोजना गरेको विशेष समारोहमा उक्त उपाधि प्रदान गरेको हो ।

विश्वमा मानवता, नैतिकता र सदाचारको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यका साथ शैक्षिक सेवा प्रवाह गर्दै आएको सो विश्वविद्यालयको व्यवस्थापन संकायको सिफारिसमा रेग्मीलाई नेपाली समाजमा गरेको विशिष्ठ योगदान र सेवाको कदर गर्दै उक्त उपाधि प्रदान गरेको विश्वविद्यालयले जनाएको छ ।

मानार्थ विद्यावारिधिको उपाधि ग्रहणपछि रेग्मीले विश्वमा नैतिकता, सदाचार र मानवतावादको दर्शनको महत्व सँधै रहने र असल शिक्षाबाट नै समाजको रुपान्तरण गर्न विश्वका विकसित देशहरु सफल भएकाले शिक्षामा लगानी गर्न विशेष जोड दिनुपर्ने विचार व्यक्त गरेको उनका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताए ।

पाण्डेयका अनुसार सम्बोधनकै क्रममा उनले नेपालको विशिष्ठ राजनीतिक परिस्थितिमा २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचन गराउन गठित सरकारको नेतृत्व गर्दाको चुनौतीपूर्ण घडीमा आफूले गरेको कार्यको अनुुभव समेत सुनाएका थिए मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी आज स्वदेश फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस