२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्लभ पक्षी गिद्ध संरक्षण अभियान शुरु

अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ ।

नगरपालिकाका अनुसार उक्त भीर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहरूको लामो समयदेखि आश्रयस्थल रहेको र अहिले झण्डै ६०० गिद्ध बस्दै आएका कारण यसको संरक्षणमा अभियान नै शुरु गरिएको छ । दिनको समयमा सुगाचरी भीरमा बस्ने गिद्धहरू पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस्न सोही क्षेत्रमा आउने गरेको मैनामैनीका ७० वर्षीय गर्जमान राई बताउछन् ।

मैनामैनी प्राथमिक विद्यालयका शिक्षक मणिकुमार राईले सो क्षेत्रमा पुस्तौँदेखि गिद्ध बस्दै आएको र यसलाई अझै संरक्षरणको अभाव रहेकाले अहिले आफूहरूसहित नगरपालिकाले संरक्षणको अभियान शुरु गरेको जानकारी दिनुभयो । यस क्षेत्रमा पाइने अति नै दुर्लभ प्रजातिका गिद्ध संरक्षण गर्न अहिले नगरपालिकाले नयाँ योजना ल्याएर संरक्षण अभियान अगाडि बढाएको नगरप्रमुख दुर्गाकुमार थापा बताउनुहुन्छ । गिद्ध संरक्षण गर्न अहिले बेलका क्षेत्रका मरेका घरपालुवा जनावरलाई गिद्ध बसोबास गर्ने क्षेत्रमा राखिदिने कार्य नगरपालिकाले शुरु गरेको प्रमुख थापाले बताए ।

उनका अनुसार महीनामा दुई पटक गिद्धका लागि अन्य आहारा राख्ने गरिएको छ ।’अहिले सुगाचरी भीरक्षेत्रका आसपास क्षेत्रमा सिमलका रूख नगरपालिकाले गिद्ध संरक्षणका लागि रोप्ने र हुर्काउने अभियान थालेको छ’, उनले भने । गिद्धले सिमलका रूखमा बस्न मन पराउने हुनाले यसको संरक्षणका लागि सिमलको बिरुवा रोपेर हुर्काउन लागिएको पनि नगरपालिकाले बताएको छ ।

यस्तै गिद्धका प्रजातिको अध्ययन गर्न चरा विशेषज्ञहरूसमेत झिकाउने तयारी गरिएको नगरपालिकाले बताएको छ । यस क्षेत्रमा पाइने गिद्ध बेलकाको मात्र नभएर १ नं प्रदेशको नै सुन्दर गहना भएका कारण आफूहरू यसको संरक्षणमा लागेको नगरपालिकाका प्रतिनिधिहरू बताउँछन् । दुर्लभ पक्षी गिद्धको संरक्षण गर्न सके लोप हुँदै गएको गिद्ध प्रजातिको संरक्षणमा टेवा पुग्ने तथा गिद्ध हेर्न र अध्ययन गर्न आउने पर्यटकको पनि आगमनमा वृद्धि हुने भएकाले यो अभियान शुरु गरिएको नगरपालिकाले बताएको छ ।

बेलकास्थित मैनामैनीको सुगाचरी भीर करीब ५ हजार १ सय फिटसम्मको उचाइमा रहेको र गिद्धका लागि पूर्वीक्षेत्रकै उपयुक्त बासस्थान रहँदै आएको कारण पनि यस क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र बनाउनुपर्ने आवश्यकता रहेको बेलकावासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस