धनगढी । धनगढीको मेनरोडमा गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटिएको छ ।
आइएमईबाट रकम झिकेर बैंकमा जम्मा गर्न गइरहेका धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि धनगढी उपहानगरपालिका–१, मेनरोडमा गोली प्रहार गरी रकम लुटिएको हो ।
गोली प्रहारबाट घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।