१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातो हावा (लु) को जोखिम न्यूनीकरण प्रयास

अ+ अ-

खजुरा (बाँके) । तातो हावा (लु) को जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित पूर्व तयारी गर्न चुनौती र अवसर आँकलन गर्न सर्वसाधारणसँग परामर्श लिइएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा तयार हुन लागेको मार्ग चित्रमा यसअघि कार्यक्रम सञ्चालन गरिएका  विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा अन्तरक्रिया गरी प्राप्त सुझाव समावेश गरिने परामर्शदाता बुद्धि कुमालले बताए । 

स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, उद्योग, व्यवसाय, जीविकोपार्जन, यातायात तथा भौतिक संरचना, जलस्रोत, ऊर्जा, सिँचाइ, वन तथा वातावरणको क्षेत्रमा तातो हावा (लु) ले पुर्‍याएको असर र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव लिइएको छ । 

नेपालगञ्ज सहर र आसपासका बस्तीमा ट्युवेलबाट पानी आउन छोडेको, इनार, पोखरी, तालतलैया सुक्दै गएको, बोटबिरुवा विनाश भइरहेको, जथाभावी बोरिङ जडान भएको, भवन र सडक वातावरणमैत्री निर्माण नभएको, कृषि उत्पादनमा ह्रास आइरहेको, दिनप्रतिदिन तापक्रम वृद्धि भइरहेको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर हुनुका साथै मृत्युसमेत भएको तथ्य सरोकारवालाले औँल्याएका थिए । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका वर्षदेखि नेपालगञ्जको केही वडामा नमूनाका रूपमा तातो हावा (लु)को लहरबाट हुनसक्ने जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन भएको बताए । उनले मन्त्रालयबाट प्राप्त हुने बजेट सशर्त हुने भएकाले चाहेर पनि लुसम्बन्धी गतिविधि व्यापक गर्न नसकेको उल्लेख गरे । 

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले तातो हावाको लहरबाट बच्न नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा प्रचारप्रसार, नमूनाका रूपमा जस्तापाताबाट निर्माण भएको घरको छानामा सेतो रङगले पेन्टिङ गरिएको र बसपार्कमा कुलिङ सेन्टर निर्माण जारी रहेकोलगायत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस