११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्छ : मन्त्री भण्डारी

अ+ अ-

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज यहाँ भएको आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुन:एकीकरणसम्बन्धी छलफलमा उनले मुलुकमा रोजगारीको सम्भावना नै छैन भन्ने धारणाबाट बढेको नैराश्यता हटाउन जरुरी रहेको बताए । 

“दोषारोपण गरेर हैन, यथार्थतालाई चिरफार गरेर अगाडि बढ्नुपर्छ, रोजगारदाताले उपयुक्त जनशक्ति पाइरहेको छैन, यहाँका काममा बमहिरबाट मानिस आउनुपर्ने अवस्था छ । भनसुनबिनौ योग्यता, क्षमताअनुसारको काम पाउने अवस्था सृजना गर्न श्रम संसारको सुरुआत गरेका छौँ, त्यसलाई नागरिक एपमा जोड्छौँ”, मन्त्री भण्डारीले भने,“सरोकार भएकाहरूलाई एकीकृत गरेर सुधारका काम गर्छौं, विदेशबाट फर्किएर आएका र रोजगारीको खोजीमा रहेकालाई रोजगारमा जोड्ने गरी काम गर्नुपर्छ भनेर लागिरहेका छौँ ।”

उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको काम वैदेशिक रोजगारको मात्रै काम हो भन्ने सोचबाट मुक्त भएर मुलुकमा भएको रोजगारीको सम्भावना र अवसरलाई पनि ध्यान दिएर काम गर्न लागिपरेको बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा.शिवराज अधिकारीले देशभित्रै उत्पादनका क्षेत्रमा रोजगारीको सृजना गर्न ध्यान दिनुपर्नेमा जोड दिए। उनले कृषि, निर्माण, पर्यटन, होटललगायतका क्षेत्रमा सम्भावना रहेकाले यसमा लगानी गर्नुपर्ने बताए । प्रा डा अधिकारीले दिगो विकास योजनाअनुसारको लक्ष्य प्राप्त गर्न रु ३० खर्ब २३ अर्ब लगानी गर्नुपर्ने भन्दै उद्योग विभागले सम्पादन गर्ने हरेक कार्यसँग रोजगारीलाई जोड्नुपर्नेमा जोड दिए । 

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले ज्ञानसहितको दक्ष जनशक्ति नहुँदा रोजगारीका क्षेत्रमा ठूलो समस्या देखा परेको बताए। उनले देशभित्रै काम गर्न गाह्रो मान्ने तर त्यही काम विदेशमा गएर गर्न तत्पर रहने पद्धतिले रोजगारीको वातावरण नबनिरहेको धारणा राखे। सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषले स्वास्थ्य सुरक्षा, सेवा निवृत्तपछिको आर्थिक व्यवस्थापनलगायत क्षेत्रमा कोषको भूमिकाबारे जानकारी गराए ।

रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले विदेशमा श्रम गरेर फर्किएर आएकाहरूलाई उनीहरूको सीपलाई सदुपयोग हुनेगरी ध्यान दिएर ‘स्टार्टअप’ परियोजनालाई प्रभावकारी रूपमा लागू गरिनुपर्ने बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाले श्रम बजारको व्यवस्थापन, औद्योगिक वातावरण तयार गर्ने, श्रम बजार सूचना प्रणालीको व्यवस्थापन, सामाजिक सुरक्षा बिमालगायत सन्दर्भमा गोष्ठीबाट प्राप्त सुझाव महत्त्वपूर्ण हुने बताए।

प्रतिक्रिया दिनुहोस