११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूध अभावले ‘चितवन मिल्क’ बन्द

अ+ अ-

चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फर्महरूको दूध प्रशोधन गर्दै आएको ‘चितवन मिल्क उद्योग’ले प्रशोधनका लागि दूध नपाएपछि बन्द भएको छ । दूध नपाएपछि गत वैशाख १० गतेदेखि उद्योग बन्द भएको हो ।

उद्योगमा सहकारी संस्था र फर्महरूले बिक्री नभएको दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर)र धुलो दूध उत्पादन गर्ने गर्दछन् । भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न संघसंस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि प्राप्त गर्न नसकिएको बताउनुभयो । एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ । देशभरका ३० संस्थाले यहाँ प्रशोधनका लागि दूध ल्याउने गर्दछन् ।

प्रबन्धक पराजुलीले सहकारी र फर्मले दूध नल्याएपछि आफैँले दूध किनेर मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजना भए पनि दूध पाउन नसकेको बताए। गत आर्थिक वर्षमा फागुनदेखि भदौसम्म उद्योग बन्द भएको थियो । अघिल्ला वर्षहरूमा भने यो मौसममा दूधको अभाव हुने गरेको थिएन । ती वर्षहरूमा असार १५ देखि साउन मसान्तसम्म दूधको अभाव हुने गरेको उनले बताए ।

उद्योगमा ३४ कर्मचारी कार्यरत छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक रु १५ लाख हाराहारी खर्च हुने प्रबन्धक पराजुली बताउछन् । उद्योगमा अहिले १५ किलोका नौ हजार ब्लक नौनी र  १२ हजार बोरा  धुलो दूध बाँकी छ । विक्रम संवत् २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू (बटर)को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस