काठमाडौँ। शुक्रबार रातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ खुर्सानी खोला नजिकै सडक भासिएपछि सवारी साधन आवागमन बन्द भएको थियो ।
बिहान पौने १० बजेदेखि यातायात आवागमन सुरु भएको छ । त्यहाँ गए राति ११ बजे खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियो ।
दाउन्ने सडक खण्ड केहिदिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । बुटवल(नारायणगढ सडक विस्तारका क्रममा दाउन्ने खण्डको करिब २० किलोमिटर सडक पीच हुन बाँकी छ ।
निर्माणाधीन सडकका कारण सो खण्डमा वर्षा हुने बित्तिकै सवारी साधन आवागमनमा समस्या हुँदै आएको छ ।