८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभा : विनियोजन विधेयक माथिको छलफल सकियो

अ+ अ-

मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्ध (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ ।

बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले विधेयकबारेको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै वित्तीय अनुशासन कायम गरी प्रदेशका विभिन्न बहुवर्षीय योजना, भौतिक पूर्वाधार र कृषि उत्पादन गर्न तथा निजी क्षेत्रका उद्यमीलाई लगानी मैत्री बनाउन नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखिएको बताए । बैठकमा सो विधेयक माथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका सदस्यहरूले भाग लिँदै सरकारले ल्याएको नीति तथा कार्यक्रममा करको दरमा केही हेरफेर गर्ने प्रस्तावलाई पुन:समीक्षा गरेर करको दर साविककै दरमा राख्नुपर्ने सुझाव दिएका थिए । 

प्रदेशसभा सदस्यहरूले प्रदेशमा सुशासनको ग्यारेन्टी गर्नुपर्ने तथा बहुवर्षीय योजनालाई समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । संघीय सरकारको स्वामित्वमा रहेको विभिन्न उद्योगलाई सरकारले निजीकरण गर्ने निर्णय गरेकाले अब प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर प्रदेशभित्र रहेका ती उद्योगलाई प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार निजी क्षेत्रलाई लगानी मैत्री बनाउनुपर्ने र कृषि उत्पादन वृद्धि गर्न तथा बाह्य मुलुकबाट खाद्यान्न, हरियो तरकारी र गेडागुडी आयातमा न्यूनीकरण गर्न नीति तथा कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने खालको हुनुपर्ने उनीहरूको सुझाव थियो । त्यसैगरी प्रदेशको विभिन्न जिल्लामध्ये केही हिमाली जिल्ला र पर्यटन क्षेत्रलाई विस्तार गर्न सकिने किसिमका योजनालाई चरणवद्घ रूपमा बजेट विनियोजन गर्न उनीहरूले सरकारसँग आग्रह गरे । 

विभिन्न जिल्लामा सहकारी अपचलनबाट पीडित भएका सर्वसाधारणलाई निकास दिने र कल्पिक उपायको अवलम्बन गरी पीडितले सहकारीमा जम्मा गरेको रकम फिर्ता गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरूले जोड दिए। बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट सन्देशसहित प्रदेश सभामा फिर्ता आएको ‘प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि’ विचार गरियोस् भनी प्रस्ताव पेस गरे । उक्त विधेयकमाथि सामान्य छलफल भएको थियो ।

विनियोजन विधेयक माथिको छलफलमा प्रदेशसभाका सदस्यहरू रमेशकुमार महत, डम्बर तामाङ, रामप्रसाद ढुङ्गाना, प्रेमबहादुर पुलामी, दीपेन्द्र श्रेष्ठ, समिता खड्की, कुमारी तामाङ, विन्दु श्रेष्ठ, आशा लामा, सकुन्तला श्रेष्ठ, धनेश्वरी प्रजापति, रत्नप्रसाद ढकाल, युवराज चौलागाईं र उद्धव थापा सहभागी थिए। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक यही जेठ १४ गते अपराह्न १ बजे बस्नेगरी आजको बैठक स्थगित गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस