काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दुई मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
बिहीबार मुख्यमन्त्री सिंहले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई पदमुक्त गर्दै वसन्तकुमार कुशवाहा र सञ्जयकुमार यादवलाई नियुक्त गरेका हुन् ।
कुशवाहालाई पर्यटन मन्त्रालयको जिम्मेवारी र यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी मण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९)बमोजिम कुशवाहा र यादवलाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।
जनमत पार्टीले कामको मूल्यांकन गरेर अन्सारी र साहलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।
कुशवाहा समानुपातिक प्रदेश सांसद हुन् भने यादव प्रत्यक्ष निर्वाचित सांसद हुन् ।