काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार रिटमाथि सुनुवाइ सुरु भए पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो ।
गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । यसअघि पटक-पटक पेसी तोकिए पनि हेर्न नमिल्नेमा राखिएको थियो । ६ पटक हेर्न नमिल्नेमा परेको रिट निवेदनमा मंगलबार सातौं पटकमा सुनुवाइ सुरु भएको हो ।