६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा मार्सी धान रोपाइँ सुरु

अ+ अ-

जुम्ला । जिल्लाको पातारासी गाउँपालिका ३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सी धान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो ।

कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा रोपाइँ महोत्सव सम्पन्न भएको कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए । स्वदेशी तथा विदेशीको रोजाइमा परेको मार्सीधानको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि रोपाइँ महोत्सव तथा धान दिवस मनाइएको उनले जानकारी दिए ।

यहाँ विगतका वर्षदेखि धान रोपाइँ भइरहेको पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले बताए । संघीय सरकारको सहयोगमा धान संरक्षण गर्ने उद्देश्यले छुमचौर जिउलो आधा क्षेत्र घेरबार गरिएको जनाउँदै पूरै क्षेत्र घेरबार भए काली मार्सी धानको खेती बढ्ने बताए ।

विश्वको अग्लो ठाउँमा फल्ने धान यहाँ उत्पादन हुने भन्दै यसको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उल्लेख गरे । समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा पर्ने छुमचौरमा धान खेती भएपछि जिल्लामा विभिन्न कार्यक्रम गरी रोपाइँ सुरु भएको हो ।

सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषक, स्थानीय सरकारलगायत सरोकार भएका निकाय यसको संरक्षण र प्रवर्द्धनमा लागेका उपाध्यक्ष रोकायाले बताए । जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस