काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ जयबागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ शुक्रबार साँझ गरेको हो ।
यसैगरी काठमाडौँ महानगरपालिका-२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने दोलखा भीमेश्वर नगरपालिका-७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रुपैयाँ र ९ बुक ताससहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
कञ्चनपुरका भीमदत्त नगरपालिका-४ बजारस्थित पर्वत होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ४० वर्षीय केशव राज जोशी समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ८ सय ३५ रुपैयाँसहित पक्राउ गरेको हो ।
तनहुँ, व्यास नगरपालिका-११ रानीगाउँस्थित विष्णु पौडेलले संचालन गरेको साथीभाइ कटेजबाट जुवातास खेलिरहेको अवस्थामा विष्णु समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।