कपिलवस्तु । कपिलवस्तु नगरपालिका-१ मस्जिद टोलबाट स्रोत नखुलेको भारतीय १ लाख ९६ हजार १ सय २० रुपैयाँ र चाँदी जस्तो देखिने धातु ५ सय ६२ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारत सिद्धार्थनगर थाना उसकाबजार ग्राम उस्काराजा बस्ने ७८ वर्षीय ओम प्रकाशलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । हाल उनलाई पक्राउ गरी कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।