२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीबाट एक सय ८० हजयात्री जाने

अ+ अ-

इनरुवा (सुनसरी) । हजका लागि सुनसरीबाट एक सय ८० जना जाने भएका छन् । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा सुनसरीबाट एक सय ८० जना जाने भएका हुन् । 

हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई यात्री यही जेठ ३ गते शनिबारदेखि पवित्र भूमि मक्कामदिनातर्फ प्रस्थान गर्ने सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीले बताए । हजयात्री विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्ने उनले जानकारी दिए । 

सुनसरीबाट आइतबार बिहान एक सय १८ जना हजयात्री, एक जना दूतावासका प्रतिनिधि र एक जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौँबाट साउदी अरेबिया प्रस्थान गर्ने उनले बताए । सोही दिन राति सुनसरीका थप चार जना अन्य जिल्लाका हजयात्रीको टोलीमा सहभागी भएर प्रस्थान गर्नेछन् । बाँकी हजयात्रीहरू पनि विभिन्न मितिमा जाने जनाइएको छ ।

 गत वर्ष आवेदन दिएर जान नपाएका र चालु आर्थिक वर्षमा आवेदन दिएकाबाट छनोट भएका एक सय ८० जना छनोटमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । यात्रीको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया, आवास तथा यातायातको व्यवस्था पूरा गरिसकेको हज व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस