१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीका घटना वृद्धि भएकामा सांसदद्वारा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । गर्मी सुरु भएसँगै आगलागीका घटना वृद्धि भइ जनधनको क्षति हुन थालेकामा प्रतिनिधि सभाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद सपना राजभण्डारीले काठमाडौँ महानगरपालिका-२४ मक्खनस्थित दयाराम श्रेष्ठको घरमा बुधबार आगलागी भई ८० वर्षीया वृद्धाको निधन भएको घटनामा ग्याँस लिक भएर आगलागी भएकाले ग्याँस सिलिण्डरको अनुगमन गर्न माग गरे । केही वर्षअघि कमलपोखरीमा पनि यस्तै घटना भई एक कामदारको निधन भएको घटनाको स्मरण गराउँदै उनले बजारबाट वितरण भइरहेको ग्याँसको अनुगमन नभएको बताइन् ।

काठमाडौँका भित्री शहरका ठाउँठाउँमा अग्नि नियन्त्रक राख्न पनि सांसद राजभण्डारीले माग गरिन् ग्याँस सिलिण्डर र पेट्रोल पम्पका कारण आगलागीको जोखिम बढेकाले यसबाट सुरक्षित हुने अवस्था निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद ठाकुर गैरेले आर्थिक अनुशासन कायम हुन नसकी बेरुजु वृद्धि भएर अर्थतन्त्रमा असर पर्न सक्ने भएकाले आर्थिक अनुशासन कायम गर्न माग गरे। अहिले रु. सात खर्ब ३३ अर्बभन्दा बढी बेरुजु वृद्धि भएको महालेखाको प्रतिवेदनमार्फत सार्वजनिक भएको उनले उल्लेख गरे । अर्थ मन्त्रालयमै धेरै बेरुजु रहेको तथ्य बाहिर आएकामा सांसद गैरेले यस्तो अर्थतन्त्रले पर्न सक्ने प्रभावको विश्लेषण गरेर काम गर्न ध्यानाकर्षण गराए ।

सांसद देवेन्द्र पौडेलले धादिङबाट पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटनामा परी घाइते भएकाको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद अशोककुमार चौधरीले बुधबार मक्खनको आगलागीमा परी ८० वर्षीया वृद्धाको मृत्यु भएको घटना र आज बिहान सतुंगलमा भएको आगलागीले ठूलो धनको क्षति भएको बताए । आगलागी तत्काल निभाउन सबै स्थानीय तहमा दमकल छ कि छैन? भनी प्रश्न गर्दै उनले भित्री शहरमा आगलागी नियन्त्रणका व्यवस्था गर्न माग गरे ।  

सांसद डा. अमरेशकुमार सिंहले गभर्नर नियुक्तिमा ढिलाइ भइरहेकामा आपत्ति जनाउँदै सरकारले कानुन उल्लंघन गरिरहेको बताए । दलीयभन्दा गभर्नरमा स्वतन्त्र व्यक्ति नियुक्त गर्न उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस