३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्ब बढी मूल्यका मेडिकल उपकरण प्रयोगविहीन रहेको खुलासा

अ+ अ-

काठमाडौँ । देशका प्रमुख स्वास्थ्य संस्थामा अर्ब बढी मूल्य पर्ने मेडिकल उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयको ६२औँ वार्षिक प्रतिवेदन अनुसार उक्त तथ्य खुलासा भएको हो ।

प्रतिवेदन अनुसार कोशी अस्पतालले विगतमा खरिद गरेको भेन्टिलेटर लगायतका २ करोड ८ लाख ६५ हजारको ५ प्रकारका उपकरणहरू प्रयोगविहीन अवस्थामा छन् ।

त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विगतमा आफैँले खरिद गरेको र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर, पेसेन्ट मनिटर लगायतका ४ करोड २९ लाख ६५ हजारको ७ प्रकारका उपकरण प्रयोगविहीन अवस्थामा फेला परेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विगतमा स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको ५ करोड ५९ लाख ४९ हजारको पोर्टेबल यूएसजी मेसिन र ११ थान भेन्टिलेटर पनि प्रयोगमा नआएको पाइएको छ ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ करोड २५ लाखको प्लाज्मा स्टेरलाइजर मेसिन १ थान लगायतका अत्याधुनिक उपकरणहरू समेत प्रयोगविहीन अवस्थामा रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ प्रयोजनका लागि स्थापना गरिएको १०० बेडको अस्पताल, जसलाई पछि डेंगु उपचारको लागि प्रयोगमा ल्याइएको थियो । हाल भेन्टिलेटरसहित मात्र २० बेड आईसीयू सञ्चालनमा रहेको छ । उक्त अस्पतालमा रहेका उपकरण २४ करोड ५१ लाख ५२ हजार महालेखाको प्रतिवेदनले जनाएको छ ।

यसैबीच, ट्रमा सेन्टर अस्पतालमा मुटु रोगको उपचारमा प्रयोग हुने अमेरिकी डलर ५० हजार ५०० मूल्यको क्याथल्याब मेसिन (करिब ६७ लाख रुपैयाँ), २ करोड ५१ लाख ३२ हजारको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजार ५ थान सीआर्म मेसिन र ९९ लाख ६६ हजारको क्याकमान काउन्टर बिग्रिएका कारण सञ्चालनमा आउन सकेका छैन ।

विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणहरूको सञ्चालन सम्बन्धमा अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको प्रतिवेदनले औँल्याएका छ ।

विज्ञका अनुसार महँगा उपकरणहरू प्रयोगविहीन हुनुको पछाडि मर्मत-सम्भारको कमी, प्राविधिक जनशक्तिको अभाव र व्यवस्थापकीय कमजोरी मुख्य कारण हो ।

प्रतिक्रिया दिनुहोस