१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली पुरुष फुटबल टिमले मुस्ताङमा प्रशिक्षण गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली पुरुष फुटबल टिमको क्लोज क्याम्प मुस्ताङबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फां) को अनुसार नेपाली टोली बिहीबारै मुस्ताङ प्रस्थान गर्नेछ र एक साता उतै प्रशिक्षण गर्नेछ ।

प्रशिक्षणकै एक भागको रूपमा टोली मुस्ताङ जान लागेको हो । मुस्ताङमा नेपाली टोली फिटनेस र एन्डुरेन्समा केन्द्रित हुने एन्फाले जनाएको छ ।

नेपालले आउने जुन ५ मा हङकङसँग हङकङमै मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै, एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जुन १० मा लाओससँग खेल्नेछ । यो खेल लाओसको मैदानमा हुनेछ ।

मुख्य प्रशिक्षक म्याट रोसले बन्द प्रशिक्षणमा ३० खेलाडीलाई बोलाएका छन् । हाई अल्टिच्युडमा प्रशिक्षण गर्दा खेलाडीहरुलाई कठिन हुने भए पनि यसले खेलाडीलाई सहयोग पुग्ने प्रशिक्षक रोसको भनाइ छ ।

उनले मुस्ताङ प्रस्थान गर्नुअघि बिहीबार काठमाडौँमै खेलाडीहरूलाई ब्रिफिङ गरेका थिए । उनले किन मुस्ताङ जानुपर्ने कारण पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस