काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको टिप्पणी गरेका छन् ।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित आजपा निकटको आम ट्रेड युनियन फेडरेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसँग सम्बन्ध राम्रो छैन,’ उनले भने ।
मुलुकमा भइराखेको बेथितिको नेपाली काँग्रेस छड्के किनाराको साक्षी बनेको पनि उनको टिप्पणी छ ।
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको छ । प्रधानमन्त्रीजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी काँग्रेस हुनु दुःखद छ,’ उनले भने ।
नेपाल सहित विदेशमा श्रमजीवी मजदुरहरू विभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनको आरोप छ । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरूले ट्रेड युनियनको हक अधिकार पाउनुपर्ने उनको माग छ ।
नेपालमै रहेका घरेलु कामदारको हक अधिकार सुनिश्चित नभएको उनको भनाइ छ । नेपालमा काम गरिरहेका घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माणमा सरकारले ढिलाइ गर्न नहुने उनले बताए । यथाशीघ्र घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माण गर्नुपर्ने उनको माग छ ।
ली नभई देश छाडेर गएका गद्दार हुन् भन्ने धारणा राख्ने कतिपय दलका कारण विगतमा संविधान लेख्ने क्रममा धेरै जुध्नु परेको उनले चर्चा गरिन् । ‘संविधान लेख्दा गैरआवासीय नेपालीहरूलाई अधिकार दिनै हुँदैन भन्नेहरू पनि थिए । विदेश गएकाहरू गद्दार हुन् भन्ने पनि कतिपय पार्टी थिए । संविधान बनाउने क्रममा धेरै छलफल भएपछि मात्र संविधानमा यो व्यवस्था राखिएको हो,’ उनले भनिन् ।
विदेशमा रहेका सबै नेपाली नेपाली नै हुन् भन्नेमा सरकार र आफ्नो पार्टी नेपाली काँग्रेस स्पष्ट रहेको उनले बताइन् ।
उनले नेपाली काँग्रेसले बहुमत ल्याउन नसकेकाले विभिन्न दलसँग मिलेर सरकार बनाउनु परेको पनि बताइन् । कार्यक्रमका सहभागीले पटक पटक गठबन्धन दलहरू फेरबदल गर्दा जनतामा राम्रो सन्देश नगएको टिप्पणी गरेपछि उनको यस्तो जवाफ आएको थियो ।
‘सरकारका नगएसम्म पार्टीका नीति कार्यक्रम लागू गराउन सकिँदैन । तर, हाम्रो पार्टीले एक्लै बहुमत ल्याउन सकेन । आफैँले बहुमत ल्याएको भए कुनै पनि दलसँग मिलेर सरकारमा जानु पर्ने थिएन । बहुमत नआएकाले विभिन्न पार्टीसँग मिलेर सरकारमा जानु परेको हो,’ उनको जवाफ थियो ।