काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ ।
आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।
वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो ।
‘रेशमजी छुट्नुहुन्छ, हामी सरकारबाट बाहिरिन्छौँ,’ श्रेष्ठले भनिन् ।