१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलमा पञ्जावविरुद्ध बेंगलुरुको सहज जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोएल च्यालेन्जर्स बेंगलुरु विजयी भएको छ । मुल्लानपुरमा आइतबार भएको खेलमा बेंगलुरुले पञ्जाव किङ्समाथि ७ विकेटको फराकिलो जित निकालेको हो ।  

जितपछि बेंगलुरु १० अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा गुजरात टाइटन्स शीर्ष र देल्ली क्यापिटल्स दोस्रो स्थानमा कायम छन् । हारपछि पञ्जाव किङ्स चौथो र लखनऊ सुपर जाइन्ट्स पाँचौँ स्थानमा झरेका छन् । उनीहरूको पनि समान १० अंक छ ।  

पञ्जावले दिएको १५८ रनको लक्ष्य बेंगलुरुले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा बिराट कोहलीले नटआउट ७३ रनको योगदान गरे । ५४ बलको सामना गरेका उनले एक छक्का र ७ चौका प्रहार गरे । देवदत्त पाडिक्कलले ६१ रन बनाए । ६ रन जोड्दा अर्का ओपनर फिल सल्टलाई व्यक्तिगत एक रनमा गुमाए पनि कोहली र पाडिक्कले दोस्रो विकेटका लागि १०३ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।  

यसअघि पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५७ रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागि प्रश्रृम सिंहले ३३, शशांक सिंहले ३१ र जोश इंग्लिसले २९ रन बनाए ।  

बेंगलुरुका लागि क्रुनाल पाण्डेय र सुयश शर्माले समान २ तथा रोमारियो शेफर्डले एक विकेट लिए ।  

आइपिएलमा आजै राति मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ । 

प्रतिक्रिया दिनुहोस