३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।

त्रिवि अनुगमन निर्देशनालयले अनुगमन तथा नियमन प्रक्रिया थालेको कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले बताए । अनुगमन गर्दा त्रिविको रेकर्डमा क्याम्पसको नाम, सञ्चालन गर्ने ठाउँ र सञ्चालक फेला नपरेका तथा कतिपय किनबेच भइरहेको फेला परेपछि खारेज प्रक्रिया अघि बढाइएको त्रिवि पदाधिकारीले जनाएका छन् ।

कतिपय क्याम्पसले त्रिविबाट सम्बन्धन तथा सञ्चालन अनुमति लिएका विषय तथा कार्यक्रम नपढाई रद्द गराएका विषय पढाइरहेका समेत भेटिएको छ ।त्यसैगरी सम्बन्धन मात्र लिएका केही क्याम्पसको भने कार्यालय, साइनबोर्ड र सञ्चालकसमेत फेला परेका छैनन् ।

त्रिविको सम्बन्धनप्राप्त २ सय ८७ क्याम्पसमध्ये १ सय २० वटाको अनुगमन प्रतिवेदन प्राप्त भएको छ । बाँकी रिपोर्ट आएलगत्तै कारबाही अघि बढ्ने खनालले जनाएका छन् । त्रिविको तथ्यांकमा देशभर ६० आंगिक र सम्बन्धनसहित १ हजार ८५ क्याम्पस छन् । तर, परीक्षा नियन्त्रण कार्यालयको रेकर्डमा १ हजार १ सय ८५ क्याम्पसले हरेक वर्ष परीक्षा दिलाउने गरेको देखिन्छ । त्रिवि पदाधिकारी भने यो तथ्यांक स्विकार्न तयार छैनन् ।

उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गत कक्षा ११ र १२ को पठनपाठन सुरु भइसक्दा पनि त्रिविले २०६५ सालसम्म प्रवीणता प्रमाणपत्र तह सुचारु राखेको थियो । त्रिविबाट सम्बन्धनप्राप्त सामुदायिक र निजी क्याम्पसले प्रमाणपत्र तह सञ्चालन अनुमति लिएका थिए भने उच्चमाविसमेत एकै ठाउँ सञ्चालन गरेका थिए । शिक्षा ऐन आठौं संशोधनले कक्षा १२ सम्म विद्यालय तह कायम गरे पनि निजी क्याम्पसले एउटै संरचनामा ‘प्लस टु’ सुचारु राखेको अनुगमन निर्देशनालयले फेला पारेको छ ।

‘त्रिविबाट सम्बन्धन लिएका क्याम्पस अस्तित्वमा छन्रछैनन्, सञ्चालन अनुमति लिएकै ठाउँमा छन्रछैनन्, नवीकरण भएका छन्रछैनन् भनेर अनुगमन भइरहेको छ,’ निर्देशनालयका कार्यकारी निर्देशक खनालले भने, ‘सम्बन्धन लिएर ठाउँ सारेका, सेवा शुल्क नबुझाएका, सुचारु नरहेका झोले क्याम्पस अबदेखि रहनेछैनन् ।’ त्यस्ता निजी कलेज स्थलगत अनुमगमन क्रममा रहेकाले ती कलेजको नाम सार्वजनिक गर्न नमिल्ने उनले जनाए । यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस