३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमाउ कार्यालयमा कर्मचारीको मरिहत्ते

अ+ अ-

काठमाडौं । कमाउ कार्यालयका रुपमा चिनिएका सरकारी कार्यालयमा जान अझै पनि कर्मचारीले मरिहत्ते गर्ने गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुशार मनग्ये अतिरिक्त कमाइ हुने र कमिसन पनि राम्रै हात पर्ने भएकाले त्यस्ता कार्यालय जान कर्मचारीको तँछाडमछाडमा कमी आएको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा अनुशार त्यस्ता निकायमा जान र ती निकायमा लामो समय कार्यारत कर्मचारीले अन्यत्र सरुवा रोक्न मन्त्री तथा सचिवमार्फत दबाब दिने गरेका छन् । सोर्सफोर्स प्रयोग गर्दै आकर्षक कार्यालयका रुपमा रहेको वैदेशिक रोजगार विभागमा गएका १५ कर्मचारीले दुए वर्षसम्म तलवबिनै काम गरेको केही अघि खुलासा भएको थियो ।

उनीहरुको दरबन्दी विभागमा नरहेकाले विभागले उनीहरुलाई तलब दिएन । संघीय मामिला मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रुद्रसिँह तामाङ भन्छन् अतिरिक्त कमाइकै लोभले उनीहरुले विनातलब भत्ता काम गरेको स्पष्ट छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो अध्ययनले घुस्याहा र आकर्षक भनेर चिनिएका कार्यालयमा जाने र यसका लागि सेटिङ मिलाउने कर्मचारीको संख्या उल्लेख्य रहेको देखाएको छ ।

यी हुन् घुस्याहा ?
घुस्याहा र आकर्षक कार्यालयका रुपमा वैदेशिक रोजगार, मालपोत, नापी, यातायात, श्र्रम, राजस्व, सडक कर कार्यालय तथा सुगम र बढी बजेट भएका स्थानीय तह, कम्पनी रजिस्ट्रार कार्यालय, कृषिका केही कार्यालय, भौतिक–पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालय र केही जिल्ला प्रशासन कार्यालयसमेत रहेका छन् ।

यसकारण गर्छन् मरिहत्ते ?
यस्ता कार्यालयमा कर्मचारी दैनिक १० देखि ३० हजारसम्म अतिरिक्त कमाइ गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयो र राष्ट्रिय सतर्कता केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनले सबैभन्दा बढी अनियमितता हुने कार्यालयमा मालपोत, यातायात, वैदेशिक रोजगार, शिक्षा र स्थानीय तह रहेको देखाएको खबर आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस