३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्रालयद्वारा छात्रवृत्तिको रकम दुरुपयोग

अ+ अ-

काठमाडौं । सरकारले शिक्षा मन्त्रालयलाई छात्रवृत्तिका लागि उपलब्ध गराएको रकमको ठूलो हिस्सा प्रशासनिक काममा खर्च हुँदा लक्षित वर्गलाई छ्ट्याइएको बजेटको चरम दुरुपयोग हुने गरेको छ।

महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदनमा सरकारले विपन्न विद्यार्थीका लागि छात्रवृत्तिस्वरुप मन्त्रालयलाई उपलब्ध गराएको रकमबाट प्रशासनिक खर्च गरिँदा लक्षित विद्यार्थीहरु छात्रवृत्ति पाउनबाट विमुख भएका हुन्।

त्यस्तै, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा विनियोजित रकमको ठूलो हिस्सा पनि प्रशासनिक र गैरसरकारी संस्थाको प्रयोजनमा खर्च भएको पाइएको छ। शिक्षा मन्त्रालयले छात्रवृत्ति अनुदान सम्बन्धमा नीति तर्जुमा नगरी पटके निर्णयका आधारमा निकासा दिने गरेकाले सो रकम लक्षित विद्यार्थीमा नपुगेको प्रतिवेदनले औंल्याएको छ।

सरकारले न्यून आय भएका विद्यार्थीलाई छात्रावृत्तिस्वरुप उपलब्ध गराउन गत वर्ष नौ करोड ८७ लाख २१ हजार रुपैयाँ मन्त्रालयलाई निकासा गरेको थियो। सो रकमको ठूलो हिस्सा प्रशासनीक कार्यमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

यो वर्ष छात्रवृत्ति वितरण गर्न सरकारले बुढानीलकण्ठ स्कूललाई पाँच करोड, गण्डकी बोर्डिङ स्कूललाई एक करोड १० लाख, चीनमा चिकित्सा शिक्षातर्फ स्नातक तहमा अध्ययनरत १६ विद्यार्थीलाई एक करोड १२ लाख, नेपाल संगीत विद्यालयलाई २० लाख, अन्य पाँच विद्यालयलाई ४० लाख ५० हजार र चिनमा अध्ययनरत विद्यार्थीलाई चार लाख ७१ हजार गरी नौ करोड ८७ लाख २१ हजार अनुदान दिएको हो।

मन्त्रालयले छात्रवृत्ति अनुदान सम्बन्धमा नीति तर्जुमा नगरी पटके निर्णयको आधारमा निकासा दिने गरेकाले छात्रवृत्तिमा अनियमितता देखिएको महालेखा परीक्षकको कार्यालयका प्रवक्ता उद्धवचन्द्र श्रेष्ठको ठहर छ।

प्रतिक्रिया दिनुहोस