३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोषको पैसा निकाल्ने यातायात व्यवसायीलाई सम्पत्ति शुद्धीकरण मुद्दा

अ+ अ-

काठमाडौ । सरकारले देशभरबाट सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघहरुले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् ।

लामो समयदेखि सिन्डिकेटको आडमा राजमार्ग कब्जा गर्दै आएका दुई यातायात समितिले कोषबाट करोडौँ पैसा निकालेको जानकारी उच्च स्रोतले दिएको छ ।

स्रोतका अनुसार काठमाडौँदेखि पूर्व दोलखासम्मको रुटमा सिन्डिकेट लगाउँदै आएको अरनिको यातायातले ठुलो परिमाणमा कोषमा जम्मा भएको रकम निकालेको हो ।

अरनिको यातायात समितिले कोषमा रहेको ८० करोड रुपैयाँमध्ये १८ करोड रुपैयाँ झिकिसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । त्यसैगरी पृथ्वी राजमार्ग बस व्यवसयाी समितिले पनि ३ करोड रुपैयाँ कोषबाट झिकिसकेको उच्च स्रोतले जनाएको छ ।

सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका देश भरका ३ सय भन्दा धेरै यातायात समिति र संघलाई खारेज गर्दै कम्पनी मोडलमा जान बाध्य बनाएपछि समितिहरुले धमाधम पैसा झिक्न थालेका हुन् ।

जिल्ला प्रशासनमा दर्ता भएर सिन्डिके लाउँदै व्यवसायीहरुले कुनै रुटमा एउटा नयाँ गाडी लगाउँदा ५ देखि १० लाख रुपैयाँसम्म असुल्ने गरेको तथ्य बाहिरिएको थियो ।

सिन्डिकेट हटेपछि यातायात समिति र संघरुले धमाधम पैसा झिक्न थालेको जानकारी आफूलाई पनि प्राप्त भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताएका छन् ।

शनिबार साँझ कुरा गर्दै उनले पैसा झिकेर कसैले पनि उम्किन नपाउने बताए । ‘कोषमा जम्मा भएको पैसा झिकेको मलाई पनि जानकारी आएको छ’, उनले भने, ‘तर, पैसा झिकेको रेकर्ड सरकारले निकाल्छ । यदि बदमाशी गरेर पैसा लुकाइएको पाइएमा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउँछौँ ।’

मन्त्री महासेठले आफू व्यवसायीको दबाबमा परेर लचिलो नभएको बताएका छन् । उनले सिन्डिकेट हटाउने र कम्पनीमार्फत सार्वजनिक सवारी चलाउने निर्णयबाट सरकार कुनै हालतमा पछि नहट्ने दाबी गरे ।

‘म निर्णय फेर्न लचिलो भएको होइन, वार्तामा ल्याउन लचिलो भएको हो’, मन्त्री महासेठले भने, ‘दुईवटा कुरामा सम्झौता हुँदैन । कम्पनीबाट सवारी चलाउने कुरा परिवर्तन हुँदैन, सिन्डिकेट यथावत राख्ने कुरामा पनि सहमति हुँदैन । बरु सरकाले कर छुट र पूर्वाधार विकासका कुरामा सम्झौता गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस