१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

स्थापना: 1951 AD

पदाधिकारी

श्री विद्या भट्टराई

माननीय मन्त्री

डा. दिपक काफ्ले

सचिव

श्री विश्वबाबु पुडासैनी

सचिव

शिवकुमार सापकोटा

सहसचिव एवं प्रवक्ता

निलकण्ठ ढकाल

सूचना तथा गुनासो सुन्ने अधिकारी, उपसचिव

परिचय

मुलुकको समग्र शिक्षासम्बन्धी नीति निर्माण, शैक्षिक योजना तर्जुमा तथा शैक्षिक सुधारका कार्यक्रम कार्यान्वयनको समन्वय तथा सहजीकरण गर्ने कार्य शिक्षा मन्त्रालयबाट हुँदै आएको छ । उच्च शिक्षासम्बन्धी नीति निर्माण तथा कार्यक्रम सञ्चालनमा विश्वविद्यालय अनुदान आयोगबाट समन्वय र सहजीकरण हुँदै आएको छ भने विश्वविद्यालयहरूबाट आफ्ना शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

विद्यालय तहको शिक्षक छनोट, नियुक्ति र बढुवा सिफारिससम्बन्धी कार्य शिक्षक सेवा आयोगबाट हुँदै आएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षा सञ्चालन व्यवस्थापन हुँदै आएको छ ।

विद्यालय शिक्षासम्बन्धी आयोजनाहरूको कार्यान्वयन गर्ने जिम्मेवारीका साथ शिक्षा तथा मानव स्रोत विकास केन्द्र स्थापना भएको छ । केन्द्रबाट स्थानीय तह तथा प्रदेशबाट सञ्चालन हुने शैक्षिक कार्यक्रमहरूको समन्वय, सहजीकरण तथा प्रगति प्रतिवेदन तयारीसम्बन्धी कार्यक्रमहरू सम्पादन हुँदै आएका छन् । शिक्षक पेशागत विकासका लागि आवश्यक तालिम पाठ्यक्रम, तालिम प्याकेज विकास तथा श्रव्य तथा श्रव्यदृष्य सिकाइ सामग्रीको विकास केन्द्रबाट हुँदै आएको छ ।

विद्यालय शिक्षाको पाठ्यक्रम विकास तथा परिमार्जन र पाठ्यपुस्तक विकाससम्बन्धी कार्य पाठ्यक्रम विकास केन्द्रबाट हुँदै आएको छ । मुलुकको लागि आवश्यक मध्यमस्तरीय प्राविधिक जनशक्ति विकासका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद र प्रदेशस्थित कार्यालयहरूबाट प्राविधिक शिक्षा तथा तालिमसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । विद्यालय शिक्षाको उपलब्धि र कार्यसम्पादन परीक्षण गरी सुधारका लागि सुझाव दिन शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षकहरूको अभिलेख व्यवस्थापनका लागि राष्ट्रिय किताबखाना (शिक्षक) सञ्चालनमा रहेका छन् । पढाइ संस्कृतिको विकास तथा निरन्तर सिकाइको अवसर विस्तारका लागि राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय सञ्चालनमा रहेका छन् । त्यस्तै विद्यालय तहको पाठ्यपुस्तकहरू छपाइ र वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र रहेको छ ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा नवीनतम खोज तथा अनुसन्धान कार्यका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, विपि कोइराला मेमोरेयल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान संग्रालय स्थापना भै सञ्चालनमा रहेका छन् ।

सेवाहरू
  • शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन;
  • केन्द्रीय विश्वविद्यालयसम्बन्धी नीति , कानुन र मापदण्ड;
  • विदेशी विश्वविद्यालयसँगको सम्बन्धन , समकक्षता निर्धारण , प्रत्यायन (एक्रिडिटेसन) , समन्वय तथा नियमन;
  • केन्द्रीय पुस्तकालयसम्बन्धी नीति, कानुन र व्यवस्थापन;
  • मानव संसाधन आवश्यकता प्रक्षेपण, राष्ट्रिय शैक्षिक योजना तथा मानव स्रोत विकास;
  • विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप मूल विषयको पाठ्यक्रम नमुना पाठ्यपुस्तक र नियमन;
  • प्राविधिक शिक्षा र व्यावसायिक तालिमको राष्ट्रिय नीति, पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण र सिप परीक्षणको मापदण्ड;
  • विद्यालय तहको शिक्षकको सेवा , सर्त , योग्यता एवम् समकक्षताको नीति र मापदण्ड;
  • शिक्षक तालिमसम्बन्धी नीति, मापदण्ड र स्तरीकरण , पाठ्यक्रम प्रारुप , योग्यता निर्धारण; सिप परीक्षणको मापदण्ड र तालिम केन्द्रसँगको समन्वय;
  • विद्यालय तहको परीक्षाको राष्ट्रिय मापदण्ड माध्यमिक तहको परीक्षा व्यवस्थापन तथा समकक्षता निर्धारण;
  • कुटनीतिक नियोगबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति;
  • विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति प्रत्यायन तथा नियमन;
  • प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वय;
  • विश्वविद्यालय अनुदान आयोग केन्द्रीय विश्वविद्यालय खुला विश्वविद्यालय र केन्द्रीयस्तरका शैक्षिक प्रतिष्ठान;
  • छात्रवृत्ति र विद्वतवृत्ति सम्बन्धी नीति र मापदण्ड;
  • शैक्षिक अध्ययन अनुसन्धानसम्बन्धी नीति कानून र मापदण्ड;
  • राष्ट्रिय प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्यांक व्यवस्थापन;
  • शैक्षिक गुणस्तर मानक निर्धारण, मापन तथा नियमन;
  • राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद;
  • विज्ञान प्रविधिसम्बन्धी नीति, कानुन, मापदण्ड;
  • वैज्ञानिक, अन्तरिक्ष विज्ञान र खगोल विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान;
  • विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रबर्द्धन र विकास;
  • विज्ञान प्रविधि विषयक तथ्यांक संकलन, प्रशोधन र सर्वेक्षणको मापदण्ड;
  • पारमाणविक प्रविधि, रेडियोधर्मी पदार्थको गुणस्तर तथा उपयोग सम्बन्धी तथ्यांक प्रणालीको स्थापना, व्यवस्थापन र नियमन;
  • जैविक तथा पारमाणविक प्रविधिको उपयोग र प्रवर्द्धन;
  • ओजोन अध्ययन सौर्य विकिरण मापन तथा सूचना प्रवाह;
  • वैज्ञानिक उपकरण क्यालिब्रेशन तथा प्रमाणीकरण;
  • रासायनिक पदार्थको उपयोग तथा प्रबर्द्धन नियन्त्रण र नियमन;
  • पारमाणविक पदार्थ, बेवारिसे स्रोतहरुको खोज तथा पुनर्लाभ र व्यवस्थापन;
  • आणविक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान प्लानेनेटोरियम वेधशाला र विज्ञान संग्रहालय;
  • मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासंग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय;
  • मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;
  • नेपाल शिक्षा सेवाको सञ्चालन (आर्कियोलजी समूह बाहेकको ) ।