१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा धेरै गर्न बाँकी छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा राज्यले अझैँ धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

चितवनको कालिका नगरपालिकास्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको ७० औँ वार्षिकोत्सव एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले जुन देशमा गतिलो शिक्षा हुन्न र स्वास्थ्य सुविधाको सही व्यवस्थापन हुँदैन त्यहाँका जनतालाई सभ्य र सबल नागरिक बनाउन गाह्रो हुने बताए । ‘जुन देशमा शिक्षा छैन, जुन देशका नागरिकलाई स्वास्थ्यको ठिक व्यवस्थापन छैन। खेलकुद र मनोरञ्जनका लागि उचित व्यवस्था गर्न सकिँदैन’, अध्यक्ष दाहालले भने, ‘त्यस देशमा सभ्य नागरिक बनाउन गाह्रो हुन्छ ।’

संविधानमा जनताका मौलिक हक अधिकारहरू उल्लेख्य भए पनि व्यवहारिक रूपमा जनताले अनुभूति हुने गरी काम गर्न राज्य चुकिरहेको अध्यक्ष दाहालले बताए । लामो समयदेखि संसदमा रहेको शिक्षा ऐन बनाउन नसक्दा नेपालको शिक्षा क्षेत्रमा रहेका थुप्रै समस्याहरू समाधान गर्न नसकिएको भन्दै अध्यक्ष दाहालले ऐन कानुन निर्माणको ढिलाइले नै यी समस्याहरू आएको बताए ।

शिक्षा ऐनजस्तै अरु थुप्रै ऐन कानुनहरु बनाउन बाँकी रहेको भन्दै अध्यक्ष दाहालले राजनीतिक दल, सांसद तथा सरोकारवाला सबै गम्भीर भएर कानुन निर्माणमा तदारुकता दिनुपर्नेमा जोड दिए । बालबालिकालाई विद्यालय जान आफै तयार हुने वातावरण बनाउनु पर्नेतर्फ शिक्षक, अभिभावक र सरोकारवाला सबैले सोच्नुपर्ने अध्यक्ष दाहालले बताए ।

खाजा वा अन्य लोभ देखाएर बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने र भर्ना गरेर तथ्यांक देखाउने तर उनीहरूको शैक्षिक गुणस्तर र नियमितताबारे चासो नदिने खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले सरकारी विवरण र फाइलमा मात्रै देखिने प्रगति झन् खतरनाक भएको बताए ।

विश्वका धेरै देशहरूको तुलनामा नेपालको संविधानमा मौलिक हक, समावेशिता लगायतका अधिकार धेरै रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन हुन नसक्दा जनताले उपलब्धिको अनुभूति गर्न नपाएको बताए ।

फरक प्रसंगमा अध्यक्ष दाहालले भने, ‘चितवन सबैले सुगम भन्छन् तर चितवनका पहाडी भेग कति विकट छन् भन्ने यहाँ घुमेकालाई मात्रै थाहा छ । मैले पश्चिम नेपालका धेरै पहाडी जिल्लाहरू घुमेको छु । त्यहाँभन्दा सुगम भनिएको चितवनका पहाडी क्षेत्रको अवस्था निकै दयनीय छ । यहाँका जस्तो विकट पहाड कतै देखेको छैन ।’

सो अवसरमा अध्यक्ष दाहालले पदमपुर आधारभूत विद्यालयको दुई तलासहित ६ कोठे भवनको शिलान्यास गर्नुभयो। उक्त भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत अध्यक्ष दाहालले आफ्नो तर्फबाट एक करोड रकम छुट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस