१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आश्विन कृष्ण द्वादशी: फर्पिङको हरिशंकर जात्राको मुख्य दिन

अ+ अ-

काठमाडौँ  । ठूलो खट बोकिने दक्षिणकाली नगरपालिकाको फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशंकर यात्राको मुख्य कार्यक्रम आजदेखि सुरु भएको छ । खट घुमाउने यात्राका रूपमा परिचित यो जात्राको मुख्य कार्यक्रम आजदेखि सुरु भएको हो । भाद्र शुक्ल पूर्णिमादेखि फर्पिङ क्षेत्रका पुरातात्त्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइने हरिशंकर जात्राको खट घुमाउने परम्पराको आज मुख्य दिन हो । 

यात्राको समाप्ति आश्विन शुक्ल प्रतिपदाका दिन अर्थात् घटस्थापनाका दिन गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हुने दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डंगोल तामाङले जानकारी दिइन्।

यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शंकरका रूपमा मानिन्छ । फर्पिङवासीका अनुसार यहाँको हरिशंकर यात्रा एवं भक्तपुरको बिस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ । यसैले यी दुवै यात्रा हेर्नै पर्ने मान्यता पनि यहाँ छ । भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् सुरु गरिने जात्राको विधि विधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि सुरु हुने गरेको छ ।

यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सात वटा खट बोकिन्छ । सबै खटमा सम्बद्ध देवताका मुखलिंग शैलीका मूर्तिहरू स्थापना गरिएको हुन्छ । यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूलो हुने गरेको छ । यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ । 

हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरूप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्धहरू बताउँछन् । फर्पिङको हरिशंकर यात्रा वाणासुरका पालादेखि सुरु भएको विश्वास गरिन्छ । वाणासुरले चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबिचको समन्वय समेत रहेको स्थानीयवासीको भनाइ छ । जात्राका माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने गरी प्रचारप्रसार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस