ठूला आयोजनाको व्यवस्थापन
विकास व्यवस्थापनभित्रका आयोजनाको कमजोर अवस्था
- आयोजना वा परियोजनाको परिभाषा अनुकूल व्यवहार नहुनु
- उच्च प्राथमिकता र राष्ट्रिय गौरवका आयोजना भनिएपनि तयारी एवं छनौट विधिमा खासै सुधार हुन सकेन
- विकासको धारिलो हतियारका रुपमा लिइने परियोजना व्यवस्थापन क्षमता कमजोर रहनु
- योजना वनाउने, कार्यान्वयन गर्ने, नियन्त्रण गर्ने र सम्पन्न गर्ने कृयाकलापवीच पर्याप्त तादात्म्यता नहुनु
- ठूलो स्रोत छुट्याइनु तर आशातित खर्च नहुनु
- आयोजनालाई सवै पक्षले दोहनको माध्यम वनाउनु
- आयोजना व्यवस्थापकमा हुनुपर्ने क्षमता विकास र प्रयोगमा कमै चासो
- कमजोर अनुगमन तथा मूल्यांकन पद्धति
प्रमुख सवालहरु
- प्रोजेक्ट वैंक
- छुट्टै कानून र संरचना
- जनशक्ति व्यवस्थापन
- सूचना तथा तथ्यांकलाई स्वचालित र व्यवस्थित गर्ने विषय
- असफलरसफल आयोजनाबाट सिक्ने विषय
- खरिद व्यवस्थापनरकरार व्यवस्थापनरठेक्का व्यवस्थापन
- जग्गा प्राप्ति सम्वन्धी व्यवस्था
- क्षमता Vs. जिम्मेवारी
- दाताका प्राथमिकता Vs.राष्ट्रिय प्राथमिकता
प्रभावकारी आयोजना व्यवस्थापनका केही उपायहरु
- अध्ययनको नतिजाका आधारमा छनौट सम्वन्धी निर्णय निर्माण/Evidence based decision making
- प्राथमिकताका आयोजनारराष्ट्रिय गौरवका आयोजना छनौटका स्पष्ट मापदण्डको तयारी र प्रयोग
- आयोजनाको विशिष्ट आवश्यकता र व्यवस्थापनलाई हेर्नेगरी केन्द्रीय आयोजना प्राधिकरणको प्रयोग
- सूचना तथा तथ्यांकको संकलन, प्रशोधन, प्रवाह र प्रयोगलाई आधुनिक र सुदृढ वनाउने
- लचकदार योजना तर कार्ययोजनाअनुसार जवाफदेहिता किटान
- विकासका प्राथमिकता र विकास आयोजना चयनका आधारहरु प्रष्ट वनाउने
- परियोजना प्रस्ताव तयारी सम्वन्धमा क्षमता विकास
- परियोजनाको पहिचान सम्वन्धमा राष्ट्रिय परिसूचकहरु (National Parameters) तयार पारी प्रयोगमा ल्याउने ।
- विकास साझेदार संलग्न हुने आयोजनामा समेत राष्ट्रिय प्रणालीको अधिकतम प्रयोग एवं गुणात्मकता कायम गर्ने शर्तहरुको परिपालना
- परियोजनाहरुवीच अन्तरसम्वन्ध र Synergy को संभावनाको खोजी र प्रयोग
- सार्वजनिक क्षेत्रलाई मात्र नभै निजी क्षेत्रलाई समेत विकासका कृयाकलापमा जिम्मेवार र जवाफदेही वनाउने संयन्त्रको प्रयोग
- प्राप्त नतिजाको सम्वन्धमा पृष्ठपोषणरसमीक्षा मार्फत सकरात्मक सुधारको पहल गर्ने
- अपेक्षा र नतिजाको सन्दर्भमा सवल पक्ष र अवसरको वढोत्तरी गर्ने उपायहरुको अवलम्वन गर्ने
- नैतिकता, इमान्दारिता, समयसंस्कृति, असल कार्यसंस्कृति, सुशासनका आधारभूत पक्षलाई विशेष ध्यान दिने ।