काठमाडौँ । दाङको लमही नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन पास हुन नसक्दा सेवा प्रभावित भएको छ ।
ऐन पास नहुँदा नगरपालिकाले खर्च गर्न पाउँदैन । यसले गर्दा नगरका साथै वडाबाट प्रवाह गरिने कतिपय सेवा पनि प्रभावित बनेका छन् ।
आन्तरिक विवादका कारण नगरपालिकाले असार मसान्तभित्र आर्थिक ऐन पास गर्न सकेन । नयाँ ऐन तत्कालै पास गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।