काठमाडौँ । दलित तथा जातीय विभेदविरुद्ध सशक्तरुपमा उभिएका मेम्बर चन्द्रलाल दाहालको ‘मेम्बर बा’ पुस्तक सार्वजनिक भएको छ ।
शनिबार विराटनगर स्थित सप्तकोशी पार्टी प्यालेसमा आयोजित समारोहमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी, प्रदेश सभा सदस्यद्वय भिम पराजुली, जय प्रकाश चौधरी र पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।
मेम्बर बा का नाति रामकुमार दाहालको लेखन तथा भुपमणि दाहालले सम्पादन गरेको ३२० भन्दा बढी पृष्ठको उक्त कृतिको पुस्तक समीक्षा कविराज न्यौपानेले गरेका थिए ।
छुवाछुत र विभेदको विरोधी, दलित तथा जातीय विभेद विरुद्ध सशक्तरुपमा उभिएका, आधुनिक शिक्षाका पक्षपाति मेम्बर दाहालको व्यक्तित्वका बारेमा समारोहमा सहभागी सबै वक्ताहरूले खुलेर प्रशंसा गरेका थिए ।