१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक बस्दै

अ+ अ-

काठमाडौँ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटाउन बनेको कार्यदलको बैठक आज पनि बस्दैछ । 

दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकअघि नै कार्यदलमा सहमति जुटाएर सहजरुपमा संसद् खुलाउने प्रयास भइरहेको कार्यदलमा संलग्न नेताहरूले जनाएका छन् । कानूनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलको बैठक अहिले बिहान साढे ८ बजे सिंहदरवारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदलका एक सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले जानकारी दिए । 

हिजो निष्कर्षविहीन भएको बैठक आज फेरि बस्दैछ । हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन । सत्ता पक्षले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्न नमिल्ने भनेको छ भने विपक्षी दलले नाम उल्लेख नगरी छानबिन समिति बनाउनुको अर्थ नहुने भन्दै आएको छ । 

काँग्रेसले बजेट अधिवेशन सुरु भएयताका सबै बैठकमा संसद् अवरुद्ध पार्दै आएको छ । कार्यदलले सहमति नजुटाए आज पनि संसद् अवरुद्ध पार्ने काँग्रेसको तयारी छ । 

कार्यदलमा कानूनमन्त्री गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, काँग्रेस सहमहामन्त्री जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल सदस्य छन् । यस्तै, काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस