काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब आरबी लाइप्जिकलाई पराजित गरेको छ ।
राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा रियलले लाइप्जिङलाई १-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा सकिएको थियो । रियलले निर्णायक गोल दोस्रो हाफको सुरुमै गरेको थियो ।
४८ औं मिनेटमा ब्रहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै रियलले पहिलो लेगमा जित निकाल्न सफल भयो । दोस्रो लेग मंगलबार हुने छ ।