काठमाडौँ । साफ यू-१९ वुमन्स च्याम्पियनसिपमा भुटानसँगको खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको बीएसएसएमके स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले हराएको हो ।
नेपालका लागि सेनु परियारले निर्णायक गोल गरिन् । उनले खेलको ५४ औँ मिनेटमा गरेको गोल नै नेपालका लागि विजयी गोल साबित भएको हो ।
यसअघि पहिलो खेलमा भने नेपाल घरेलु टिम बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । भारत, बंगलादेश, भुटान र नेपाल सम्मिलित यस प्रतियोगितामा नेपालले मंगलबार भारतसँग खेल्नेछ ।