२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामेछाप अस्पतालमा सुरु भयो आइसियु सेवा

अ+ अ-

काठमाडौँ । रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आइसियु सेवा सुरु भएको छ ।

सो सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि जिल्लामा नै उपचार सम्भव हुने भएको छ । जिल्ला अस्पतालले आफ्नै पहलमा दुई बेडको आइसियु कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

जिल्लामा आइसियु उपचार कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारको लागि जिल्ला बाहिर लैजानु पर्ने अवस्था थियो । अब त्यो समस्या हल भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । प्रदेश स्तरको रामेछाप अस्पतालले प्रवाह गर्ने सेवा थप गर्दै लगेको छ । जसले गर्दा बिरामीहरूले स्थानीय स्तरमा नै सेवा पाउन लागेका छन् ।

अस्पतालले हाल निःशुल्क रूपमा डायलाईसिस सेवा, चौबिसै घण्टा मेडिकल लिगल सेवा, सामाजिक सेवा इकाई, निःशुल्क एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरिरहेको छ । त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरू सम्बन्धी निःशुल्क जाँच, निदात्मक तथा परामर्श सेवा पनि अस्पतालले प्रदान गर्दै आएको छ ।

यसैगरी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दन्त सामाग्री निःशुल्क वितरण, हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा मानसिक तथा नशा रोग सेवा सम्बन्धी निःशुल्क जाँच सेवा पनि अस्पतालले प्रवाह गर्दै आएको छ । हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा नाक, कान, घाँटी तथा थाईरोईड रोग सम्बन्धी निःशुल्क जाँच, नवजात शिशुलाई निःशुल्क उपचार व्यवस्थापन, निःशुल्क रूपमा आकस्मिक प्रसूति रेफर तथा निःशुल्क प्रसूतिजन्य शल्यक्रियाको सेवा समेत अस्पतालले प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस