गजल « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

गजल


२१ पुस २०८०, शनिबार


हुँदा तुच्छ बोली वचन आज उनको
अचानक गरेछन् गमन आज उनको

सयौँ चोट खप्दै मुना रम्न थाल्दा
नबोली छ हिँड्दै मदन आज उनको

भएँ रोगी भन्दै थियो साँझ मात्रै
गयो प्राण सकियो कथन आज उनको

लजाएर बस्ने थियो उनको बानी
स्वयम्‌ले निकाले लगन आज उनको

गरिब भन्थे आफन्त उनलाई सबले
कमाएको इज्जत छ धन आज उनको

Tags :
प्रतिक्रिया दिनुहोस