काठमाडौँ । काठमाडौँमा भइरहेको त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपालले युएईले दिएको १ सय ६५ रनको लक्ष्य पच्छ्याई रहेको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २० ओभरमा सात विकेट गुमाएर १ सय ६४ रन बनायो । युएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५/४५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले समान २–२ विकेट तथा गुल्सन झा र करण केशीले समान एकरएक विकेट लिए ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
नेपाल एक खेल अगाडि नै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ । नेपालले अहिलेसम्मका ३ खेलमा तीन वटामै जित निकालेको छ ।
नेपाल ६ अङ्ककासाथ शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अङ्क जोडेको युएई दोस्रो र ३ खेलमा कुनै पनि खेल नजितेको हङकङ अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।