१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि दस्तावेज : कावा अध्यक्ष सिंह

अ+ अ-

हाङझाउ (चीन) । एसियाली ओलम्पिक काउन्सिलका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि महत्त्वपूर्ण दस्तावेज हुने बताए । यहाँस्थित ओलम्पिक स्पोर्टस् सेन्टरमा बिहीबार ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकका लेखक एवम् खेल पत्रकार नवीन अर्यालसितको भेटघाटमा उनले एसियाली खेलकुदको नालीबेली समेटिएको सो पुस्तक विश्व खेलकुदका लागि ‘माइलस्टोन’ हुने बताए ।

पुस्तक नेपाली खेलकुदका लागि मात्र नभएर अन्तर्राष्ट्रिय खेलकुदका लागि समेत महत्त्वपूर्ण खुराक भएको उनको भनाइ थियो । ‘नेपाली खेलकुदको वृत्तान्त’मा आफ्नो ठूलो बुवा यजविन्दरको हस्ताक्षरसहित सन् १९५१ मा भारतमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदको निम्तो देखेपछि कावा अध्यक्ष सिंहले आयोजक चीनका खेल पदाधिकारीसित सो बारे चर्चा गरेका थिए ।

चनिको हाङझाउस्थित ओलम्पिक स्पोर्टस् सेन्टरको संग्रहालयमा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदका धेरैजसो दस्तावेज नभएकाले ‘नेपाली खेलकुदको वृत्तान्त’ बहुमूल्य दस्तावेज बन्न सक्ने कावा अध्यक्ष सिंहले बताए । नेपाली भाषामा लेखिएको सो पुस्तक अनुवाद गराएर भए पनि पढ्ने उनले बताए । कावा अध्यक्ष सिंहले राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष शरदचन्द्र शाह र नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्म शमशेर राणासँग आफ्नो आत्मीय सम्बन्ध रहेको खेल पत्रकार अर्याललाई स्मरण गराए ।

उक्त पुस्तकमा आफ्नो ठूलो बुवा र बुवाको फोटो देखेपछि उनी निकै उत्साहित देखिएका थिए । कावा अध्यक्ष सिंहको परिवार सात दशककदेखि विश्व ओलम्पिक र एसियाली खेलकुदमा सक्रिय छ । नेपालमा सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्न उनको बुवा भलिन्दरको विशेष योगदान रहेको पत्रकार अर्यालको पुस्तकमा उल्लेख छ । कावा अध्यक्ष सिंहले ‘नेपाली खेलकुदको वृत्तान्त’ को प्रशंसा गर्दै आफ्ना ठूलो बुवा यजविन्दर सिंह र बुवा भलिन्दर सिंहले एसियाली खेलकुदमा पुर्‍याएको योगदान उक्त पुस्तकमा समेटेकामा लेखक अर्याललाई धन्यवाद दिए ।

कावा अध्यक्ष सिंहका साथमा एसियाली ओलम्पिक काउन्सिलका मानार्थ उपाध्यक्ष वेइ जिझोङ, एसियाली ओलम्पिक काउन्सिलका उपाध्यक्षद्वय सङ लुजेङ र सैयद आरिफ हसनलगायतको उपस्थिति थियो । उनीहरूले पनि सो पुस्तक चासोका साथ हेरेका थिए । पत्रकार अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ गत असार २६ गते सार्वजनिक गरिएको थियो । ‘नेपाली खेलकुदको वृत्तान्त’ खेलकुदका बारेमा लेखिएको पहिलो नेपाली पुस्तक हो ।

प्रतिक्रिया दिनुहोस