काठमाडौँ । नेपाली काँग्रेसको मजदुर सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार कुँवरले शेखर-गगन पक्षका महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गरेका हुन् ।
कुँवरले ४४१ मत पाए भने यादवले ३७६ मत पाए । शुक्रबार सुरु भएको ट्रेड युनियन काँग्रेसको सातौँ महाधिवेशनबाट पदाधिकारीका अन्य पदमा शेखर-गगन पक्षका उम्मेदवारले जितेका छन् ।