काठमाडौँ । उद्योग विभागले ट्रेडमार्क नक्कल गरेको आरोपमा ३१ कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।
विभागले सात दिने सूचना जारी गर्दै ३१ कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
विदेशी कम्पनीहरूसँग मिल्दो ट्रेडमार्क वा लोगो बनाएर व्यवसाय गरिरहेकाहरुविरुद्ध परेको उजुरीका आधारमा विभागले स्पष्टीकरण सोधेको छ ।
अमेरिका, भारत, थाइल्याण्ड, पोल्यान्ड, फ्रान्स, जर्मनी, इटलीलगायतका कम्पनीहरूले नेपाली कम्पनीविरुद्ध ट्रेडमार्कसम्बन्धी उजुरी दिएका छन् ।
उजुरीका आधारमा यसअघि पनि विभागले जवाफ मागेको थियो । तर जवाफ पेस नगरेपछि अहिले सात दिनको म्याद नै तोकेर लिखित सफाइ पेस गर्न भनेको छ ।
उक्त कम्पनीहरूले तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया नदिए विभागले कानुन बमोजिम हुने चेतावनी समेत दिएको छ ।
हेर्नुहोस् विभागले जारी गरेको सात दिने सूचना:
