२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानसँग पाँच वर्षमा एक खर्ब व्यापार घाटा

अ+ अ-

झापा । पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग रु एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ । बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो । पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु आव २०७९/८० को वैशाख मसान्तसम्ममा काँकडभिट्टा नाका भएर भुटानबाट रु एक खर्ब ७७ अर्ब ५९ करोड ७५ लाख ४० हजार मूल्य बराबरको मालसामान नेपालमा आयात भएको छ ।

सोही अवधिमा नेपालबाट भुटानतर्फ निर्यात भने रु ५० अर्ब ७५ करोड ९२ लाख तीन हजार मूल्य बराबरको मात्र भएको छ । पाँच वर्षको तथ्याङ्क  विश्लेषण गर्दा नेपाल र भुटानबीचको व्यापारमा नेपालले निर्यातको तुलनामा तीन गुणाभन्दा धेरै मालसामान आयात गरेको देखिन्छ ।  

पाँचै वर्ष व्यापार घाटा

मेची भन्सार कार्यालयका अनुसार आव २०७५/७६ मा भुटानसँगको व्यापार घाटा रु एक अर्ब ४२ करोड ९६ लाख ५३ हजार थियो । आव २०७६/७७ मा रु ९९ करोड ३२ लाख २८ हजार, आव २०७७/७८ मा रु ६१ करोड ४२ लाख ७३ हजार, आव २०७८/०७९ मा रु ९० करोड ८१ लाख ४१ हजार र आव २०७९/८० मा रु ७९ करोड ४५ लाख दुई हजार व्यापार घाटा रहेको छ ।

भुटानबाट नेपालले सिमेन्टमा प्रयोग हुने कच्चा पदार्थ जिप्सम आयात गर्दै आएको छ । त्यसैगरी नेपालबाट भुटानतर्फबाट सबैभन्दा धेरै फलाम र फलामबाट बनेको मालसामान निर्यात हुँदै आएको छ ।

चालू आवको दश महिनामा भुटानबाट रु एक अर्ब १३ करोड ३९ लाख ३८ हजार मूल्य बराबरको जिप्सम आयात भएको छ । सोही अवधिमा नेपालबाट फलाम र फलामबाट बनेका मालसामान रु तीन अर्ब ७० करोड ३७ लाख ३५ हजार मूल्य बराबरको निर्यात भएको छ ।

पर्यटक धेरै

पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा ९भिसा० लिएर नेपाल प्रवेश गर्ने पर्यटकमा भुटानी नागरिकको सङ्ख्या सबैभन्दा धेरै छ । सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिलसम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार नौ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेकामा एक हजार सात सय १८ जना भुटानी नागरिक नै भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताए ।

सन् २०२० मा एक जनामात्र भुटानी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । तर सन् २०२१ मा यो सङ्ख्या बढेर १५ पुग्यो भने सन् २०२२ मा पाँच सय १९ र सन् २०२३ को हालसम्ममा यो सङ्ख्या अझ बढेर एक हजार एक सय १८ जना पुगिसकेको छ ।

भुटानी नागरिक आफन्त भेटघाट र तीर्थयात्राका लागि नेपाल आउने गरेको पाइएको छ । काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गाल हुँदै भुटानको सीमा फुन्चोलिङसम्म मोटर बाटोको दूरी मात्र एक सय ७२ किमी छ ।

प्रतिक्रिया दिनुहोस