परराष्ट्रमन्त्री साउदको भेटे बेलायतका राजा चार्ल्स र प्रधानमन्त्री सुनक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

परराष्ट्रमन्त्री साउदको भेटे बेलायतका राजा चार्ल्स र प्रधानमन्त्री सुनक


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन्। राजा चार्ल्सको राज्याभिषेकमा सहभागी भएपछि उनले दुवैसँग भेट गरेका हुन्।

भेटमा राज्यारोहण गरेकोमा राजा चार्ल्सलाई बधाई दिँदै परराष्ट्रमन्त्री साउदले बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्

जवाफमा सुनकले उपयुक्त समयमा नेपाल आउने बताएका छन्। 

मन्त्री साउद वैशाख २१ गते राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन बेलायत गएका थिए। उनी वैशख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस