काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शासकीय सुधारका लागि २८ विधेयक पहिचान गरेको जनाएको छ ।
सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै एकीकृत कार्य योजना तय गरिएको र त्यसभित्र शासकीय सुधार, आर्थिक तथा पूर्वाधार, सामाजिक विकास लगायतका विषय रहेको जनाएको छ ।
शासकीय सुधारका क्षेत्रमा संसद्को अधिवेशनमा प्राथमिकताका साथ पेस गरिने २८ विधेयक, प्राथमिकताका साथ तर्जुमा गरिने १० नियमावली र नीति लगायत संरचनात्मक परिवर्तन र सुधारका लागि यातायात व्यवस्थापन प्राधिकरण लगायत विभिन्न आयोग, कार्यदल र समितिहरूको गठन र प्रभावकारी जनसेवाका क्षेत्रहरूको पहिचान गरिएको र ती विषय एकीकृत कार्य योजना भित्र रहेको उल्लेख गरिएको छ ।
तर, ती विधेयक, नियमावली र नीति के के हुन भन्ने सार्वजनिक गरेको छैन ।