काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन्।
नेपाल जेसिसले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उनले आफ्नो राजनीतिक लडाइँ नै युवाहरूको भविष्यका लागि भएको बताए । आफ्नो अरू कुनै स्वार्थ नभएको उनको भनाइ छ ।
उनले युवा शक्ति विदेश पलायन हुँदा देश विकासमा कठिनाइ भएको पनि बताए ।